बिहीबार, वैशाख १३, २०८१

साहारा एप राइडरको धमाकेदार दशैँ अफर सुरु

नेपालखोज २०७८ असोज ६ गते १७:३७

काठमाडौं । नेपालीहरूको महान चार्ड बडा दशैंको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा ५००० रुपैयाँ जित्ने मौका रहेको छ । असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक साता टप राइडरलाई रेडमी ९ र नगद बोनससमेत पाउनेछन् ।

उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।

नेपालमा सन् २०१९ देखी राइड सेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सिइओ विशाल जीसीले जानकारी दिए ।

प्रतिक्रिया