बिहीबार, वैशाख १३, २०८१

के विषयमा हुँदै छ बाइडेन र म्याक्रोंबीच वार्ता ?

नेपालखोज २०७८ असोज ७ गते ७:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोंबीच भेटवार्ता हुने भएको छ ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा भेटवार्ता केन्द्रित हुने बताइएको छ ।

बाइडेन र म्याक्रोँले संयुक्त वक्तब्य जारी गर्दै गठबन्धन देशहरुबीच खुला छलफल गरी विवाद हल गर्ने बताएका छन् ।

अकस नाम दिईएको सुरक्षा सम्झौताका कारण अष्ट्रेलियाले फ्रान्ससंग ३७ अर्ब डलरको पनडुब्बी खरिदको सहमति तोडेपछि फ्रान्स चिढिएको हो ।

प्रतिक्रिया