अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

नेपालखोज २०७८ असोज ७ गते ९:००


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार (हिजाे) साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्‍याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन् ।

महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए ।

राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ । – रासस

प्रतिक्रिया