बिहीबार, चैत १५, २०८०

नेबिको बिस्कुटको उत्पादन पुन: नियमित

नेपालखोज २०७८ असोज ७ गते १०:५१

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ ।

गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (हिजो)बाट पुनः सञ्चालनमा आएको हो ।

हिजो कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताए ।

उनले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताए । यस्तै, उनले आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिए ।

जसमध्ये १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उनले बताए । मेशीन र घरको क्षेती पूर्ण विवरण अझै नआएको पनि उनले जानकारी दिए ।

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी भनेकै नेविको प्रा. लि. हो । नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिनारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए ।

प्रतिक्रिया