शुक्रबार, वैशाख १४, २०८१

टेक्नोको नयाँ बजेट फोन !, मूल्य कति ?

नेपालखोज २०७८ असोज ७ गते ११:४३

काठमाडौं । टेक्नोले आफ्नो नयाँ बजेट फोन स्पार्क-८ अन्तर्राष्ट्रिय बजारमा पठाएको छ । यो स्मार्टफोन टेक्नो स्पार्क-७ को अपग्रेडेड भर्सन हो । यो स्मार्टफोन तुलनात्मक रुपमा सुधारिएको रियर क्यामेरा र सानदार डिजाइनले सुसज्जित छ ।

टेक्नो स्पार्क-८ को अन्तर्राष्ट्रिय बजार मूल्य १३ हजारजति पर्छ । यो फोन तीन कलर भेरियन्टमा उपलब्ध हुन्छ जसमा आईरिस पर्पल, एटलान्टिक ब्ल्यु र टरकिस सियान छन् ।

स्पेसिफिकेसन
टेक्नो स्पार्क-८ मा ६.५२ इन्चको आईपीएस डिस्प्ले दिइएको छ । जुन टियरड्रप न्याचका साथ उपलब्ध हुन्छ । यो एचडी प्लस रिजोल्युसन डिस्प्ले हो । जसको रिजोल्युसन ७२०x१६०० पिक्सेल छ। यसको आस्पेक्ट रेसियो २०:९ छ । यो फोनमा मिडियाटेक हेलियो ए-२५ चिपसेट प्रयोग गरिएको छ ।

फिचर
यो स्मार्टफोनमा २ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज दिइएको छ । यो फोनले एड्रोइड ११ (गो एडिसन) मा काम गर्छ । टेक्नो स्पार्क-८ मा एचआईओएस ७.६ यूएल पनि दिइएको छ जसले सुपर बुस्ट सिस्टम अप्टिमाइजेसनका साथ उपलब्ध हुन्छ ।

क्यामेरा
टेक्नो स्पार्क-८ मा ८ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ जुन एफ र २.० अपर्चरका साथ आउँछ । यो फोनमा डुअल एलईडी फ्ल्याश लाइट दिईएको छ । यसको ब्याक प्यानलमा डुअल क्यामेरा सेटअप उपलब्ध हुन्छ जसको प्राइमरी क्यामेरा १६ मेघापिक्सलको छ भने अर्को क्यामेरा एआईले सुसज्जित छ । यो फोन एलईडी फ्ल्यास लाइटयुक्त छ ।

यो स्मार्टफोन फिङरप्रिन्ट स्क्यानरका साथ आउँछ । जसले फोन लक-अनलक गर्न सकिन्छ । यो डुअल सिम सपोर्ट गर्ने फोन हो । यो फोरजी फोनमा वाईफाई र ३.५ एमएमको ज्याकको सुविधा छ । यसमा एसडी कार्ड सपोर्ट स्लटसमेत उपलब्ध हुन्छ ।

प्रतिक्रिया