लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरीले गरे दाबी पेस
नेपालखोज
२०७९ पुष २७ गते १४:१६
काठमाडौं । एमाले संसदीय दलका नेता लीला गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ७ दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज (बुधबार) ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । गिरीलाई आज नै मुख्यमन्त्रीमा नियुक्त गरी बिहीबार शपथ गराउने तयारी गरिएको छ ।
गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थन छ ।
सम्बन्धित
प्रतिक्रिया