नेकपा (एस) को महासचिवमा वेदुराम र सचिवमा झाँक्री
नेपालखोज
२०७८ असोज ७ गते १२:४५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चार पदाधिकारीसहित महासचिवको टुंगो लगाएको छ ।
उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाएको बताइएको छ ।
नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा गरिने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया