डेरामा बस्न आउनेदेखि सावधान रहौँ !

नेपालखोज २०७८ असोज ७ गते १३:२२

काठमाडौं । आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको विवरण राख्न महानगरीय प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।

चाडपर्व नजिकिएसँगै प्रहरीले गाउँ टोलमा हुनसक्ने लुटपाट, चोरी डकैती जस्ता घटनाहरुबारे सचेत रहनको लागि घरमा काम गर्ने व्यक्तिको बारेमा जानकारी लिन आग्रह गरेको हो ।

रातको समयमा आफ्नो घरवरपर वा टोलमा होहल्ला गरी हिँड्ने व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थामा रकम झिक्न वा राख्न जाँदा वा ठूलो कारोबार गर्न जाँदा सुरक्षित भएर जान समेत प्रहरीले आग्रह गरेको छ । यस्तै प्रहरीले रातकाे समयमा ढाेका ढक्ढकाएमा नखाेल्न भनेकाे छ ।

अपराध सम्बिन्ध जानकारी प्रहरीलाई दिनु परेमा महानगरीय प्रहरी परिसर काठमाडाैंकाे फाेन नम्बर ९८५१२८३८४५ अथवा ९८५१२८३०१२ मा सम्पर्क गर्न विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया