एमसीसी सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न सकिदैन : एकीकृत समाजवादी

नेपालखोज २०७८ असोज ७ गते १४:१९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।

केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको जनाएकाे छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।

प्रतिक्रिया