शुक्रबार, वैशाख ७, २०८१

भारतमा झन्डै ३१ हजार ९२३ जना कोरोना संक्रमित थपिए

नेपालखोज २०७८ असोज ७ गते १४:५२

नयाँ दिल्ली । पछिल्लो चाैबीस घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् ।

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख एक हजार ६०४ रहेका छन् ।

यो संख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाको संख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाको संख्या बढी हुँदै गएकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।

सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय संक्रमितको यो संख्या सबभन्दा कम हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।

सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएनआई

प्रतिक्रिया