मंगलबार, मंसिर २५, २०८१

‘प्रतिनिधि सभाको कमजोरीका कारण नकारात्मक प्रतिक्रिया उत्पन्न’

नेपालखोज २०७८ असोज ७ गते १५:०२

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताएकी छन् ।

बिहीवार राष्ट्रिय सभामा बोल्दै सांसद् वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताइन् । उनले सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताइन् । सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको ओलीले आरोप लगाएकी छन् । उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताइन् ।

सांसद वलीले भनिन्, ‘कुनैपनि व्यक्तिलाई चिनी रोग भयो भने र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरु उत्पन्न हुन्छन । धेरै रोगहरु जन्मन्छन् । जसरी एउटा छालाबाट ज्याकेट बन्छ । ब्याय, बेल्ट, जुत्ता बन्छ । त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्शनहरु उत्पन्न हुन सक्छन् ।’

सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताइन् ।

प्रतिक्रिया