प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु
नेपालखोज
२०७८ असोज ७ गते १५:१७

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका छन् ।
सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए ।
आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
सम्बन्धित

प्रतिक्रिया