चौबीस घण्टामा थप १, ३२४ जना डिस्चार्ज, निको हुने दर ९६ प्रतिशत पुग्यो

नेपालखोज २०७८ असोज ७ गते १६:१५

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६ दशमलवमा झरेको छ । गत चौबीस घण्टामा थप १ हजार ३२४ जना कोरोना निको भइ डिस्चार्ज भएपछि निको हुने दर ९६ प्रतिशतमा झरेको हो । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा गरि कुल १ हजार २३९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ७ लाख ८८ हजार ७६९ र एन्टीजेन विधिबाट ८९ हजार ९०७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ७२ पुगेको छ ।

प्रतिक्रिया