शुक्रबार, चैत १६, २०८०

नयाँ संक्रमित थपिने क्रम घट्यो : डब्ल्यूएचओ

नेपालखोज २०७८ असोज ७ गते १९:०६

काठमाडौं । विश्व स्वास्थ संगठनले जनाएअनुसार बितेका केही दिनमा संसारभर कोरोनाको प्रकोप केही मत्थर भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको नयाँ संक्रमित थपिने क्रममा केहि दिनयता कमी आएको हाे ।

के भन्छ डब्लुएचओ ?

विश्व स्वास्थ संघठनको रिपोर्टअनुसार गएको साता कोभिड-१९ को नयाँ संक्रमणमा कमि आउने क्रम जारी रह्यो । गएको साता विश्वभर कोरोनाका ३.६ मिलियन नयाँ केस देखा परे जुन अघिल्लो साताको ४ मिलियनभन्दा कम हो ।

डब्लुएचओ भन्छ, दुईवटा क्षेत्रमा राम्रो सुधार देखियो जसमा मध्य पूर्व र दक्षिण पूर्व एसिया छन् । मध्य पूर्व एसिया जहाँ २२ प्रतिशत कोभिडका नयाँ बिरामी देखिए त्यही दक्षिण पूर्व एसियामा कोभिडका बिमारीमा १६ प्रतिशतले कमी आएको छ ।

मृत्यु पनि कम भयो

विश्व स्वास्थ संघठनका अनुसार गएको एक सातामा ६० हजार मानिसको मृत्यु भए पनि यो बितेको साताको मृत्युको तुलनामा ७ प्रतिशत कम हो । दक्षिण पूर्व एसियामा गएको साता कोभिडबाट मर्नेहरुको संख्या ३० प्रतिशतले घटयो भने पश्चिमी प्रशान्त क्षेत्रमा ७ प्रतिशतले बढ्यो ।

अमेरिका, ब्रिटेन, भारत र टर्कीमा

कोरोना भाइरसका सबैभन्दा बढी बिरामी बाक्लो जनसंख्या भएको अमेरिका, भारत, ब्रिटेन, टर्की र फिलीपिन्समा देखापरिरहेका छन् । डब्ल्यूएचओका अनुसार तीव्र गतिमा फैलिने डेल्टा भेरियन्ट अहिले संसारका २८५ देशमा पुगिसकेको छ । यसको अर्थ संसारको कुनै पनि कुना डेल्टा भेरियन्टबाट अछुतो छैन भन्ने हो ।

प्रतिक्रिया