शुक्रबार, वैशाख १४, २०८१

खुम्बुमा पुगेर इन्गेजमेन्ट ! इन्दिरा अब इन्गेज

नेपालखोज २०७८ असोज ८ गते ७:४९

काठमाडौं । गायिका इन्दिरा जोशीले व्यवसायी शरद केडियासँग इन्गेजमेन्ट गरेको बताइएको छ । शरद र इन्दिराले हेलिकोप्टर चढेर खुम्बु पुगेर इन्गेजमेन्ट गरेको तस्बिर तथा भिडियोसमेत सार्वजनिक भएको छ ।

गायिका जोशीले यसबारे आधिकारिक जानकारी नदिए पनि अहिले उनको इन्गेजमेन्टको तस्बिर सामाजिक सन्जालहरुमा यत्रतत्र छरिएका छन् ।

जोशीलाई उनको प्रेमीले औंठी लगाइदिएको तस्बिरसहित एउटा टिकटक भिडियोले उनको इन्गेजमेन्टलाई पुष्टि गरे पनि त्यसमा उनको र उनका प्रेमीको परिवारका कुनै पनि सदस्यको उपस्थिति देखिँदैन । यस विषयमा जोशीको फेसबुक मौन रहे पनि हिजो उनले हेलिकोप्टर चढेर कतै गइरहेको एउटा भिडियो पोस्ट गरेकी छन् जसमा उनीबाहेक अरु कोही देखिँदैन ।

उक्त भिडियोमा इन्दिराले मुस्कुराएर दुईवटा औंला देखाए पनि केही भनेकी छैनन् । अर्कातिर क्याप्टेन विवेक थापाको टिकटकमा भने ‘एक्सक्लुसिभ’ लेखिएको एउटा भिडियोमा जोशी र केडियाले औंठी साटासाट गरेको देखिन्छ । टिकटकमा क्याप्टेन थापाले दुवै जनालाई उज्ज्वल भविष्यको कामना भन्दै शुभकामनासमेत दिएका छन् ।

गायिका जोशीको नाम यसअघि नायक तथा गायक कर्मा शाक्यसँग जोडिँदै आए पनि उनको केडियासँको इन्गेजमेन्ट भने सप्राइजका रुपमा आएको छ ।

प्रतिक्रिया