एमाले केन्द्रीय कमिटी बैठक बस्दै, तीन प्रस्तावमा छलफल गर्ने

नेपालखोज २०७८ असोज ८ गते ७:४०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी मुख्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने तामाङले बताए ।

एमाले केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने बताइएको छ । एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया