बुधबार, वैशाख २६, २०८१

अमेरिकी दूतद्वारा राजिनामा

नेपालखोज २०७८ असोज ८ गते ९:३१

काठमाडौं । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्।

वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन हेइटी फर्काउने निर्णयलाईअमानविय भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए।

गत हप्ताअमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो।

आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटीअसफल राष्ट्र भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताए।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताइन्।

प्रतिक्रिया