बिहीबार, चैत १५, २०८०

‘बालबालिकाका लागि दसैँसम्म खोप आइपुग्छ’

नेपालखोज २०७८ असोज ८ गते १०:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने बताएका छन् ।

फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताए । आज (शुक्रबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने सुनिश्चित भइसकेको बताएका हुन् ।

आउँदो कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने श्रेष्ठले दाबी गरे ।

प्रतिक्रिया