शनिबार, वैशाख १५, २०८१

नारायणहिटी दरबार संग्रहालयको श्रीपेच चाेर्ने प्रयास

नेपालखोज २०७८ असोज ८ गते १३:२१

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

शुक्रबार दिउँसो संग्रहालयको अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात काटेको छ ।

उनलाई सुरक्षामा खटिएका नेपाली सेनाले नियन्त्रणमा लिएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया