बिहीबार, मंसिर २७, २०८१

‘एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ’

नेपालखोज २०७८ असोज ८ गते १४:४६


काठमाडाैं । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।
राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।

प्रतिक्रिया