शुक्रबार, वैशाख ७, २०८१

आगामी चुनावमा प्रचण्ड भर्सेस बादल

नेपालखोज २०७८ असोज ८ गते १५:२१

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावमा भिड्न तयार भएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले आफू प्रचण्डसँग चुनावमा भिड्न तयार रहेको बताउका हुन् ।

माओवादी केन्द्र छाडेर एमालेमा गएका बादलले चितवनका कार्यकर्ताहरु आफुतिर भएको बताउँदै आउँदो चुनावमा प्रचण्डसँग भिड्न तयार रहेको बताएका हुन् । उनले पार्टीले निर्णय गरेमा आगामी चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्ने बताए ।

त्यस्तै उनले अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध लागेको पनि बताएका छन् ।

प्रतिक्रिया