बुधबार, वैशाख १२, २०८१

भ्याक्सिन सर्टिफिकेटको नक्कली कारोबार

नेपालखोज २०७८ असोज ८ गते १५:५१

बितेका केही महिनाभित्रै भ्याक्सिन प्रमाणपत्रको कालोबजारी दश गुणासम्म बढेको छ ।

काठमाडौं । कोरोनाले सारा संसारमा उपद्रो मच्चाएको छ । यस्तोमा एकातिर पूरै दुनियाँ यो प्राणघातक रोगबाट सुरक्षित हुन भ्याक्सिनेसनमा जोड दिइरहेको छ । अर्कातिर कोरोनासँग जोडिएको एउटा ठूलो समस्या बिस्तारै-बिस्तारै बढ्दै गइरहेको छ । अहिलेको समस्या भनेको ‘कोभिड भ्याक्सिनको फेक सर्टिफिकेट’ चर्को रुपमा देखिएको छ ।

के-हो भ्याक्सिन सर्टिफिकेट ?
कोरोना भ्याक्सिन सर्टिफिकेटको प्रयोग लगभग हरेक देशमा भइरहेको छ । यो सर्टिफिकेटको माध्यमबाट दुनियाँका अलग-अलग देशका सरकार र स्वास्थ्य सेवाहरुले अहिलेसम्म कहाँ कति व्यक्तिको भ्याक्सिनेसन भयो जानकारी बटुल्छन् । त्यसका अतिरिक्त यसकै माध्यमबाट सरकारहरुले आफ्नो देशका नागरिकहरुको भ्याक्सिनेसनसम्बन्धी जानकारी लिन सक्छन् । यही सर्टिफिकेटबाट क-कसले एक डोज र क-कसले दुई डोज खोप लिए थाहा पाउन सकिन्छ ।

भ्याक्सिन सर्टिफिकेटको कालोबजारी
जसै विभिन्न देशमा अहिले भ्याक्सिन सर्टिफिकेट अनिवार्य हुँदै गएको छ । त्यसरी नै यसको कालोबजारी पनि तीव्र रुपमा बढिरहेको छ । भनिन्छ बितेका केही महिनाभित्रै भ्याक्सिन प्रमाणपत्रको कालोबजारी दश गुणासम्म बढेको छ ।

कोरोनासँगै जोडिएको एउटा ठूलो समस्याले बिस्तारै-बिस्तारै सारा संसारलाई गाँज्दै लगेको छ । त्यो समस्या हो फेक कोभिड भ्याक्सिन सर्टिफिकेटको । भनिन्छ बितेका केही महिनाभित्रै भ्याक्सिनेसनसम्बन्धी प्रमाणपत्रको कालोबाजारी दश गुणाले बढेको छ ।

एक सफ्टवेयर कम्पनी चेक प्वाइन्टले नक्कली कोभिड भ्याक्सिन प्रमाणपत्रको बजारको स्थिति बुझ्न एउटा अध्ययन गरेको थियो । अध्ययनअनुसार कोभिड भ्याक्सिन प्रमाणपत्रको कालोबजारी संसारका २९ वटा मुलुकमा पुगिसकेको छ । यसमा नौवटा देश हालै जोडिएका छन् । ती मुलुकहरुमा अस्ट्रिया, ब्राजिल, लातभिया, लिथुवानिया, माल्टा, पोर्चुगल, सिंगापुर, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स हुन् ।

टेलिग्राममार्फत फेक सर्टिफिकेटको कालोबजारी
चेक प्वाइन्टका अनुसार १० अगस्तसम्म नक्कली कोभिड भ्याक्सिन प्रमाणपत्रका लगभग एक हजार बिक्रेता थिए जुन बढेर अहिले दश हजार पुगिसकेको छ । यो दश गुणाले वृद्धि हो । यता टेलिग्राममा पहिले फेक कोभिड सर्टिफिकेट बेच्ने ग्रुपको संख्या तीस हजार थियो । अहिले यो तीन लाख भइसकेको छ ।

त्यति मात्र होइन डार्कनेटमा डिसेम्बर २०२० मा कोभिडको खोप २५० डलरमा बेचिन्थ्यो । अहिले कोभिडविरुद्धको भ्याक्सिनको प्रमाणपत्र नै १३० देखि १५० डलरमा बेचिन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया