चाैबीस घण्टामा १,४७६ संक्रमित थपिए, १,५५० जना डिस्चार्ज
नेपालखोज
२०७८ असोज ८ गते १७:१८

काठमाडौं। पछिल्लो चाैबीस घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधिमा १ हजार ५५० जना निको भएका छन् ।
१० हजार ५ सय ७५ पीसीआर परीक्षणबाट १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षणबाट ३ सय ७३ गरी जम्मा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चाैबीस घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया