कामनाले सुरु गर्याे केएस डिजिटल वालेट
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।
यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी के.एस डिजी डिजिटल वालेट खोल्न सक्नेछन् ।
हिजो एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन् । यस डिजिटल वालेट खोल्न एपमा अनुुहार पहिचान गर्न सक्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग भएको छ ।
साथै, एकाउन्ट ओपनिङ लोन एप्लीकेसन, इन्टर अपरेवल क्युआर एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।
प्रतिक्रिया