बिहीबार, जेठ २, २०८२

ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि

नेपालखोज २०७८ असोज ९ गते ७:५५

काठमाडाैं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाडाैं किङ्ग्स इलाभेन खेल्दैछन् । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।

चौथो संस्करणको ईपीएल असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको ईपीएलमा २४ जना विदेशी खेलाडी सहभागी हुँदै छन्। हरेक टोलीमा ४(४ जना विदेशी खेलाडी रहने भएका हुन् । ६ टोलीमा बाँडिने ती २४ खेलाडी ११ देशका छन् । सबैभन्दा बढी श्रीलंकाबाट ८ खेलाडी छन् ।

प्रतिक्रिया