आइतबार, असार १५, २०८२

भारतीय महिलावादी आन्दोलनकी अभियन्ता कमलाको निधन

नेपालखोज २०७८ असोज ९ गते १२:०७

काठमाडौं । भारतीय कवि कमला भासिनको आज विहान निधन भएको छ । उनी भारतकी महिलावादी आन्दोलनकी अभियन्ता पनि थिइन् ।

क्यान्सर रोगले पीडित भासिनको ७५ वर्षको उमेरमा निधन भएको हो । उनी महिला अधिकारको क्षेत्रमा सन् १९७० देखि निरन्तर काम गर्दै आएकी थिइन् ।

महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ अभियान उनैले चलाएकी थिइन् । समाजमा महिला र पुरुष भनेर छुट्याउने संस्कार गलत भएको भासिन बताउने गर्थिन् । भासिनको जन्म सन् १९४६ मा दिल्लीमा भएको थियो ।

प्रतिक्रिया