सरकारको ध्यान कोरोना खोपमा नै छ : प्रधानमन्त्री देउवा
नेपालखोज
२०७८ असोज ९ गते १२:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको दोहो¥याएका छन् । नेपाल चिकित्सक संघद्वारा आयोजित स्वास्थ्य शिखर सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताए ।
‘नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको छ,’ उनले भने ‘कोरोना जस्ता महामारी र विभिन्न विपद्को सामना गर्न कानुनी प्रबन्धकै आवश्यकता छ ।’
उनले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने भन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा समेत जोड दिए ।
नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागिपरिरहेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया