बुधबार, वैशाख १२, २०८१

ईपीएलको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई हरायो

नेपालखोज २०७८ असोज ९ गते १६:०९

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज (शनिबार) भएको उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेनले ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको छ । काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको योगदान दिए ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाण्डौ इलाभेनले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा जिम्बाव्वेका राएन बर्लले सर्वाधिक ७३ रन बनाए । बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाएका हुन् । उनले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाएका थिए ।

चौथो संस्करणको ईपीएल क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको हो । ६ टिम सहभागी प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउने छ । उपविजेताले १५ लाख रुपियाँ पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया