शनिबार, वैशाख १५, २०८१

सभामुख र उपसभामुख उम्मेदवार चयनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक जारी

नेपालखोज २०७६ माघ ७ गते १०:५४

७ माघ, काठमाडौँ । सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने र नदिनेबारे निर्णय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

सिंहदरबार स्थित पार्टी संसदीय दलको कार्यालयमा मंगलबार आज विहान ९ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवा पनि उपस्थित छन् ।

‘सभामुख र उपसभामुख पदमा पार्टीबाट उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न बैठक बसिरहेको छ,’ सभापति देउवाका सहयोगी भानु देउवाले भने ।’

कांग्रेसले आफू संसदमा दोस्रो ठूलो दल भएको र संविधान अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था रहेको भन्दै उपसभामुख पद छाड्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आग्रह गर्दै आएको छ ।

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया