मंगलबार, वैशाख ११, २०८१

सूर्य देवको व्रत विधि

नेपालखोज २०७८ असोज १० गते ५:००

सूर्य सबै ग्रहहरुको राजा ग्रह हो । सूर्य भगवानको स्मरणले मात्र पनि हाम्रा विभिन्न दोषहरु डढेर भष्म हुनेछन् । आइतबार सूर्य भगवानको आराधना गर्ने विशेष दिन हो । कहिलेकाहिँ धेरै मेहनत गर्दा पनि सफलता हात पार्न सकिँदैन । यसको एउटा कारण हाम्रो कुण्डली र ग्रहको अशुभ स्थिति पनि हुन सक्छ । कुण्डलीमा सूर्यको शुभ–अशुभ स्थितिको असर हाम्रो बुद्धिमा पर्दछ । सूर्यको शुभ स्थितिले हामीलाई समाजमा मान सम्मान प्राप्त गराउँछ । यदि हाम्रो कुण्डलीमा कुनै दोष भए सूर्यदेवको आराधनाले त्यसलाई पनि कटाउँछ । सूर्य भगवानबाट शुभ फल प्राप्त गर्नका लागि आइतबार सूर्यदेवको पूजा अर्चना गर्नुहोस्, सँधै शुभ–शुभ हुनेछ ।

सूर्य मन्त्र पढ्दै अर्घ्य चढाउने विधि !
आइतबार बिहानै नुहाइधुवाई सकेर तामाको भाँडामा पानी, रातो फूल, चामल राखेर मन प्रशन्न गरी ‘ॐ भास्कराय नमः’ भन्ने मन्त्र पढ्दै सूर्यदेवलाई अर्घ्य दिनुपर्छ । आइतबारको दिन यदि अफिसको समय परेको छ तथा अन्य कुनै कारणले तपाईसँग समयको कमी छ भने जुन ठाउँमा हुनुहुन्छ त्यहिँ बसि आँखा चिम्लिएर सूर्यदेवलाई सम्झिँदै ‘ॐ भास्कराय नमः’ भन्ने मन्त्र बिहानदेखि बेलुकासम्म जतिबेला मनमनै भनेपनि हुन्छ । यसबाट सूर्यदेव प्रसन्न भइ तपाईंको मनोकामना पुरा गर्नुहुनेछ ।

कसरी गर्ने सूर्य देवको व्रत ?

धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको ब्रत बस्दा पवित्र जल अर्पण गर्नुपर्दछ । यसरी ब्रत बस्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ । सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ । व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ । सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

प्रतिक्रिया