शनिबार, जेठ ५, २०८१

२०२२ का भाग्यमानी राशि !

नेपालखोज २०७८ पुष १४ गते ७:३७

ज्योतिषशास्त्रअनुसार ६ वटा राशिका लागि नयाँ अंग्रेजी वर्ष-२०२२ निकै फलदायी रहनेछ । स्पष्ट शब्दमा भन्ने हो भने यो नयाँ वर्ष यी राशिको भाग्य परिवर्तनको योग लिएर आउँदै छ ।

सिंह : सिंह राशि हुनेहरुका लागि यो वर्ष अनेकौं नयाँ अवसरहरु प्राप्त हुने योग छ । ती अबसरको सदुपयोग गर्ने सक्दो प्रयास गर्नु होला । २०२२ मा मानिसहरुलाई मद्दत गर्न नछोडनु होला किनभने अरुलाई दिइएको सहयोगकै कारण तपाईंले शुभ परिणाम हात पार्नु हुनेछ ।

वृश्चिक : वृश्चिक राशिका स्वामिहरुले पनि नव वर्ष २०२२ मा थुप्रै नयाँ अवसर प्राप्त गर्नेछन् । यो वर्ष तपाईंको सपना साकार हुनसक्छ । भाग्य दाहिना भएकाले यसको अधिकतम लाभ लिने प्रयास गर्नुहोला ।

वृष : नयाँ वर्ष परिवर्तनको दृष्टि सानदार रहनेछ । करियरमा उन्नति हुनेछ भने धन-सम्पत्ति वृद्धिको योग समेत छ । कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ । यो वर्ष सुख सुविधाहरुमा वृद्धिको सम्भावना देखिन्छ ।

कुम्भ : भाग्य दाहिना हुँदा धनलाभ नै हुन्छ भन्ने छैन । जीवन फेरि एकपटक सही बाटोमा लाग्नेछ । यदि प्रेम जीवनमा उतार-चढाव आइरहेको छ भने २०२२ सानदार रहनेछ । मिहिनेतले तपाईंलाई अवश्य सफलता दिलाउनेछ ।

तुला : वर्ष शुभ रहनेछ । जीवनकै ठूलो सफलताको योग छ । प्रेम जीवन सानदार रहला । आर्थिक ​समस्याहरु समाधान हुँदै जानेछन् । नयाँ-नयाँ अवसर प्राप्त हुनेछन् । प्रयासलाई निरन्तरता दिन र मिहिनेत गर्न नछोड्नु होला ।

मकर : गएको वर्ष झैं यो वर्ष पनि शुभ रहनेछ । सफलताको मार्गमा निरन्तर अग्रसर भइनेछ । यो वर्ष ग्रहदशा ठीक ठाउँमा छन्, भाग्यले साथ दिनेछ ।
(यहाँ प्रस्तुत सूचना सामान्य मान्यता तथा जानकारीहरुमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया