मनसुन अझै सक्रिय, देशभर वर्षा र बदली

नेपालखोज २०७८ असोज १० गते ६:४०

काठमाडौं । मनसुन अझै सक्रिय रहेकाले देशभर आंशिक देखि सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । राती पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको शाखाले भनाई छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिइन् ।

यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्यांक छ ।

प्रतिक्रिया