मैत्रीपूर्ण खेलमा नेपाल-ओमान भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र ओमान बिचको खेल कतारको दोहास्थित कतार विश्वविद्यालयको मैदानमा राति पौने १० बजे हुनेछ ।
खेलपछि नेपाली टोली साफ च्याम्पिनयसिपका लागि मालदिभ्स जानेछ । फिफा वरियतामा नेपाल १ सय ६८ औँ स्थानमा छ भने ओमान ७८ औँ स्थानमा छ ।
नेपाल र ओमान सन् २००७ पछि भेट गर्दैछन् । हालसम्मको भेटमा नेपालले ओमानलाई हराउन सकेकोे छैन । यी दुई टोलीबीच दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो । पहिला मैत्रीपूर्ण खेलमा नेपाल ८–० को फराकिलो अन्तरले हारेको थियो ।
ओमानसँगको खेलपछि नेपाली टोली असोज ११ गते मालदिभ्स जानेछ । साफ च्याम्पिनयनसिप मालदिभ्समा असोज १५ गतेबाट सुरु हुँदै छ । उद्घाटन खेलमा नेपालले साविक विजेता मालदिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।
प्रतिक्रिया