शुक्रबार, वैशाख १४, २०८१

जर्मनीमा आज आम निर्वाचन, वर्तमान चान्सलर मर्केलले बिदा लिँदै

नेपालखोज २०७८ असोज १० गते १०:२३


जर्मनी । जर्मनीमा आज (आइतबार) नयाँ चान्सलर चयनका लागि आम निर्वाचन हुँदै छ । निर्वाचनमा अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच प्रतिस्पर्धा हुने छ । ल्यानसेटले भने वर्तमान चान्सलर एङगेला मर्केलको समर्थन पाएका छन् । वर्तमान चान्सलर मर्केलले भने चान्सलर पदबाट विदा लिदैछिन् ।

६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सांसद चयन गर्नेछन् । निर्वाचित सांसदहरुले बहुमतको आधारमा चान्सलर चयन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जर्मनीको संविधान अनुसार तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्ने प्रावधान छ । जर्मनीको आम निर्वाचनको परिणाम विद्युतिय मेसिनबाट गणना भइ आज नै सार्वजनिक हुने जनाइएको छ । मर्केलले १६ वर्षसम्म चान्सलर पदमा रहेर विदा लिने सोच बनाएसँगै भएको यो निर्वाचनमा अन्तर्राष्ट्रिय जगतको चासो गएको छ ।

प्रतिक्रिया