एमाले स्थायी कमिटी बैठक जारी

नेपालखोज २०७८ असोज १० गते १२:४५

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकले केन्द्रीय कमिटीले पारित गर्ने एजेन्डाबारे छलफल गर्ने छ ।

शुक्रबारदेखि जारी केन्द्रीय कमिटी आजै टुंग्याउने तयारी गरिएको छ । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरलले जवाफ दिने छन् ।

महासचिव र अध्यक्षको जवाफसँगै जारी केन्द्रीय कमिटी बैठक सकिने बताइएकाे छ ।

प्रतिक्रिया