शुक्रबार, वैशाख १४, २०८१

फाइनान्स कम्पनीहरुको स्प्रेड दर ५ प्रतिशत भन्दा बढी हुनु नहुने

नेपालखोज २०७८ असोज १० गते १३:१८


काठमाडौं । फाइनान्स कम्पनीहरुको स्प्रेड दर अर्थात निक्षेप तथा कर्जाबिचको व्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

स्प्रेड दर बढी हुँदा निक्षेपको व्याज सस्तो र कर्जाको व्याज महंगो हुने भएकोले राष्ट्र बैंकले स्प्रेड दर सम्वन्धी व्यवस्थाको कार्यान्वयनमा कडाई गरेको हो । यही कडाईका बाबजुत पनि नेपाल फाइनान्समा भने ५ दशमलव १० प्रतिशतको उच्च स्प्रेड दर रहेको छ ।

गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सन्चालनमा रहेका अन्य फाइनान्स कम्पनीहरुमा ३ देखि ४ प्रतिशतको हाराहारीमा स्प्रेड दर कायम रहेकोमा नेपाल फाइनान्समा भने राष्ट्र बैंकले तोकेको भन्दा बढी अनुपातमा स्प्रेड दर देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, गुडविल फाईनान्स, पोखरा फाईनान्स, गुहेश्वरी मर्चेन्ट फाईनान्स, रिलायन्स फाइनान्स, मल्टीपर्पस फाइनान्स, सेन्ट्रल फाइनान्स र जानकी फाइनान्स र वेष्ट फाइनान्समा भने ४ प्रतिशतको हाराहारीमा स्प्रेड दर रहेको छ ।

यि बाहेक आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाईनान्स र समृद्धि फाइनान्समा भने तीन प्रतिशतसको हाराहारीमा स्प्रेड दर रहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा कम स्प्रेड दर भने समृद्धि फाइनान्समा रहेको छ ।

समृद्धिमा ३ दशमलव ८ प्रतिशत स्प्रेड दर हुँदा प्रोग्रोसिभ र आईसीएफसीमा स्प्रेड दर व्रmमश ३ दशमलव ५५ र ३ दशमलव ८४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया