कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण
नेपालखोज
२०७८ असोज १० गते १८:०१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफूलाई संक्रमण भएको कुरा आइतबार सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकि सुरु भएको, आज १० गते एन्टिजिन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजेसम्म मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’

सम्बन्धित

प्रतिक्रिया