राष्ट्र बैंकले गर्‍यो पुनः १२ अर्ब १० करोडको ट्रेजरी बिक्रीको आह्वान

नेपालखोज २०७८ असोज १० गते १८:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

यसअघि यही असोज चार गते पनि राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति असोज १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस १३ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत १५ गते तोकिएको छ ।

प्रतिक्रिया