शनिबार, वैशाख १५, २०८१

इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा टोटनह्याम पराजित

नेपालखोज २०७८ असोज ११ गते ८:१४

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलद्धारा टोटनह्याम हट्सपरलाई ३–१ ले पराजित भएको छ ।

आइतबार राति आर्सनलको मैदान लण्डन डर्बीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग र बकायो साकाले एक एक गोल गरे ।

पराजित टोली टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । जितपछि आर्सनल ६ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

लिगमा सुरुवाती तीन खेल हारेको आर्सनलले त्यसपछि भने लगातार तीन खेल जितेको छ । उता सुरुवाती तीन खेलमा जित हात पारेको टोटनह्याम हट्सपरले भने यसपछिका तीन खेलमा लगातार हार भोगेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई उसैको मैदानमा १–० ले हराएको छ । खेलमा वुल्भरह्याम्पटनका राउल जिमिनेजले निर्णायक गोल गरे ।

इंग्लीश प्रिमियर लिगमा छैटौं चरणका खेलहरु सकिंदा १४ अंकसहित लिभरपुल शिर्ष स्थानमा रहेको छ । १३–१३ अंक जोडेका म्यान्चेस्टर सिटी, चेल्सी, म्यान्चेस्टर युनाइटेड र एभर्टन दोस्रो देखि पाँचौं स्थानसम्म रहेका छन् ।

प्रतिक्रिया