सुन चाँदीकै मूल्य बढ्याे
नेपालखोज
२०७८ असोज ११ गते ११:५७

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुन चाँदीको मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतिताेला ३ सय रूपैयाँले बढेर ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन ८९ हजारमा काराेबार भएकाे थियाे । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३०० ले नै बढेकाे छ । आज तेजावी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी आज तोलाको १० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया