मंगलबार, वैशाख १६, २०८२

डिशहोम फाइबरनेट बिर्तामोडमा पनि !

नेपालखोज २०७८ असोज ११ गते १२:१३


काठमाडौं । बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन् ।

झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताए । डिशहोम फाइबरनेट देशवासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र वासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिट्टै नेपालका प्रमुख सहर लगायत अन्य स्थानमा पनि पुग्दै छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया