विश्व नदी दिवसको इतिहास, महत्व र उद्देश्य !

काठमाडौं । अहिले जल प्रदूषण संसारका लागि ठुलो खतराका रुपमा अगाडि आएको छ । संसारका नदिहरु मानिसको लापरवाहीका कारण नर्कमा परिणत हुँदै गएका छन् ।
विश्व नदी दिवसले संसारभरका मानिसलाई नदिहरुको स्थिति प्रति ध्यानाकर्षित गर्छ र त्यसको स्वच्छताका लागि जागरुकता जगाउने प्रयास गर्छ ।
अहिले धनी-गरिब सबैजसो देशका नदिहरु प्रदूषित भैरहेका छन् र पर्यावरणमा कुनै न कुनै किसिमले नोक्सान पुर्याइरहेका छन् । चाहे लुगा धुने कुरा होस वा पशुहरुको सरसफाई गर्ने कुरा होस वा त्यसमा ढल र फोहोर मिसाउने कुरा , नदि छेउ बस्ने बस्ति होस वा त्यहाँ हुने ठूला आयोजना , सदियौं देखि निरन्तर बग्दै आएको यो प्राकृतिक जल स्रोतलाई मानिसहरुले नै फोहोर गरिरहेका छन् , नदिलाई थुन छेक गरेर नाला र रढलमा परिणत गरेका छन् ।
विश्व नदी दिवसको इतिहासरु
अहिले प्रतेक वर्षको अग्रेंजी महिना सेक्टेम्बरको चौथो आइतबार वल्ड रिभर दिवस मनाइन्छ । यो दिवसमा मानव जातिका लागि नदिको अहम् भूमिका र महत्वको प्रचारप्रसार गरिन्छ र मानिसहरुलाई सचेत गरिन्छ कि यो धरतीमा नदि समस्त प्राणिका साथै बनस्पति जगतको लाइफ लाइन हो ।
मानिसका लागि त नदिहरु सामाजिक, आर्थिक र पर्यावरणका आधार हुन् । रिभर डेमा नदिहरुको रक्षा गर्ने संकल्प लिइन्छ । रिभर डे को शुरुवात सन् २००५ मा संयुक्त राष्ट्र संघमार्फत भएको हो ।
कसरी मनाइन्छ ?
यो दिवस नदीको सफाई र संरक्षणमा समर्पित छ त्यसैले यो दिवसमा विशेष अभियानहरु संचालन गरिन्छ । यो दिन नदिमा माछाको संख्या बढाउने खालका गगिबिधि गरिन्छ ।
यो दिवसमा स्कुले बालबालिकालाई नदि किनारमा लगेर नदिसँग परिचित र जागरुक गराइन्छ । नदि सफाई अभियान चलाइन्छ भने नदिको महत्वका सम्बन्धमा प्रचारप्रसार गरिन्छ । समग्रमा यो दिन विविध गतिविधि संचालन गरेर मानिस वा मानव समुदायलाई नदिसँग जोड्ने प्रयास गरिन्छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।
प्रतिक्रिया