एलन मस्क र जेफ बेजोस माथि विल गेट्सको व्यङ्ग्य

काठमाडौं । लामो समयसम्म संसारको सबैभन्दा धनी व्यक्ति रहेका माइक्रोसफ्टका को-फाउन्डर विल गेट्सले अहिलेको संसारका सबैभन्दा धनि व्यक्तिहरु मध्येका एलन मस्क र जेफ बेजोस माथि निशाना लगाउँदै व्यङ्ग्य गरेका छन् ।
एक अन्तरवार्तामा अन्तरिक्षको पर्यटकिय यात्रालाई लिएर प्रश्न गरिए पछि बिल गेट्सले एलन मस्क र जेफ बेजोस प्रती निशाना साँध्दै स्पेसको कुरा छोडिदिनुस , हामिले पृथ्वी मै धेरै कुरा गर्न बाँकि छ भनेका छन्।
जेम्स कार्डनलाई दिइएको उक्त अन्तरवार्तामा संसारका कतिपय अरबपतिहरु स्पेसको प्रयोग र यात्रामा चासो देखाइरहेका छन् , के तपाइमा पनि स्पेस यात्रा र त्यसको प्रयोगमा चासो छ भन्ने प्रश्न सोधिएको थियो ।
यसको जवाफमा गेट्सले भने हामिले यो पृथ्वीमै धेरै कुरा गर्न बाँकि छ । अहिले म मलेरिया र एचआईभि जस्ता बीमारिका बिरुद्ध जुटिरहेको छु ।
यता एलन मस्क र जेफ बेजोसले आफ्नो आलोचनालाई सही बताएका छन् । जेफ बेजोसले भनेका छन् – मेरो आलोचक सही छ । हामि कहाँ र पृथ्वीमा थुप्रै समस्याहरु छन् । हामिले त्यसमा काम गर्नुपर्ने आवश्यकता छ । हामिले भविष्य तर्फ पनि हेर्नुपर्छ । हामिले पृथ्वीको एक प्रजातिका रूपमा र एक सभ्यताका रूपमा सधैं यहि गर्दै आएका छौँ ।
यता एलन मस्कले भनेका छन् – मलाई लाग्छ कि हामिले आफ्ना संसाधनहरुको अधिकांश भाग पृथ्वीका समस्याहरु समाधान गर्ने काममा खर्च गर्नुपर्नेछ । हामिले आफ्नो अर्थव्यवस्थाको ९९ प्रतिशत भन्दा बढि भाग पृथ्वीको समस्या हल गर्न समर्पित गर्नुपर्छ ।
प्रतिक्रिया