चौबीस घण्टामा १,२८२ संक्रमित थपिए, १,२६२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार २६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणबाट ९७५ र ३ हजार ४०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३०७ जना गरी जम्मा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा २५६ र आइसोलेसनमा १८ हजार ८४८ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख ९२ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया