बिहीबार, वैशाख १३, २०८१

विशेष अदालतको आदेश- चूडामणि शर्मासँग ५० लाख धरौटी लिएर रिहा गर्नू

नेपालखोज २०७८ असोज ११ गते १८:२६

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार विशेष अदालतका अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले एक अर्ब ३३ लाख अपचलनको आरोप लागेका शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

कर फर्छ्याेट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको थियाे ।

आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

प्रतिक्रिया