चितवनमा आइसोलेशन खाली, बिरामीको सङ्ख्या शून्य !

काठमाडौं । चितवन जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेशनमा कोरोना संक्रमित आउन छाडेपछि खाली भएका छन् ।
पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् ।
कोरोना संक्रमण दर बढ्दै जाँदा जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो ।
भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो ।
विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य भएको हो ।
जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेशन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन् ।
कतिपय आइसोलेशन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन् । अस्पतालमा अहिले ५२ संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया