बुधबार, वैशाख १२, २०८१

राजनीतिको गति

अम्बिका शर्मा २०७८ असोज १२ गते १२:५६

राजनीति भनेको राज्य सञ्चालनको नीति बनाउने महत्वपूर्ण स्थान हो । यसकै कारण देश विकासको गति बढ्ने, घट्ने र जनताको अधिकारको संरक्षण हुने भएकाले जनता र नेता सचेत हुनुपर्छ । समय अनुसार परिवर्तन हुनुपर्छ ।

मुलुकमा धेरै राजनीतिक परिवर्तन भए । व्यवस्था फेरियो । नागरिकले आफ्ना अधिकारका लागि लडेर अधिकारसहितको स्वतन्त्रता खोजे । प्राप्त गरेका पनि छन् । दलहरूले पनि समयसापेक्ष रूपमा आफुलाई परिस्कृत गर्दै लगेका छन् । जनताको विचार बोक्ने बाहक बनेर मुलुकलाई सकरात्मक मार्गमा दौडाउने भुमिका दलको हो । जुन समयअनुकुल परिवर्तन हुन आवश्यक थियो र सधैं हुन्छ पनि । दल वा दलको नेतृत्व आ फु एक्लै शक्तिशालि बन्ने भने होइन । एक्लै दौडने र निर्णय गर्ने पनि होइन । देश र नागरिकको विचारलाई लिएर समयअनुकुल निर्णय गर्न सक्ने नेतृत्वनै हरेक समय मजबुत भएर अडिन सक्छ । जनताको मनमा बस्न सक्छ र देश पनि अब्बल बन्छ ।

भनिन्छ, कुनै पनि समय जनताको आवश्यकताले व्यवस्था परिवर्तन गर्छ । राज्य सञ्चालन व्यवस्था कसैको मुठ्ठीमा अडिन्छ र जनताको ढाड सेक्ने प्रयास हुन्छ सो समय नै हो मुलुकले नयाँ नेतृत्व खोज्ने । यस्ता धेरै चरण हामीले पार गरेर आएका छौं । समयले मागे अन्य चरण अझै आवश्यक पनि होलान् । तर त्यो समय पक्कै अब आउने छैन, आशा गरौँ । किन कि अहिले जनता अधिकार सम्पन्न छन् । देश नयाँ संरचनाका साथ अघि बढेको पनि छ । संघीयता कार्यान्वयनको चरणमा नै भएकाले यसलाई ताते गराउँदै पाइला अघि बढाउनुपर्ने दल र जनताको कर्तव्य हो । यो नै अहिलेको आवश्यकता पनि हो ।

कुनै पनि देशमा एउटा क्रान्ति भइसकेपछि तुरुन्तै अर्को क्रान्ति हुँदैन । भनिन्छ यो क्रान्तिको नियम नै हो । तर क्रान्ति भएर सत्ता परिवर्तन भएको देशमा निकै लामो समयसम्म व्यापक असन्तुष्टि, प्रतिशोध र ईर्स्याको भावना बाँकी नै हुन्छ । किनकि नयाँ कुराको जग बलियो नबनेसम्म यसलाई पचाउन र यस्तो व्यवस्थामा घुलमिल हुन केहि समय अवश्य लाग्छ नै । त्यसैले समय अनुकुल आफुलाई उभ्याउन सक्नु नै महानता हो । आवश्यकता हो । यो क्षमता परिवर्तन गर्नमा सहभागी बनेका र आवश्यकता महसुस गरेकामा धेरै हुन्छ । उनीहरूको नै महत्वपूर्ण भुमिका हुन्छ यसलाई टिकाई राख्न र नबुझेकालाई बुझाउन । यो प्रकृयामा अझै बढी जिम्मेवारी युवाको हुन्छ । युवा शक्ति भनेका देश हाँक्ने चालक हुन् । उनीहरूको शक्तिलाई समयमा सही ठाउँमा लगाउन सके कुनै पनि नतिजा सकरात्मक आउँछ र दिगो पनि हुन्छ । त्यसैले युवाको भुमिकालाई विश्वमा नै महत्वपूर्ण स्थानमा राखिएको हुन्छ ।

तर त्यो समय पक्कै अब आउने छैन, आशा गरौँ । किन कि अहिले जनता अधिकार सम्पन्न छन् । देश नयाँ संरचनाका साथ अघि बढेको पनि छ ।

व्यवस्थालाई सहजै बुझ्ने, पचाउने र स्थापित गर्ने युवालाई नेपालमा कसरी हेरिन्छ चर्चा आवश्यक छ । सन् १९९० पछि सुरु भएको एकात्मक राजतन्त्र तथा जहानिया राणाशासनविरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेस आन्दोलनसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकालाई पुष्टि गर्छ । नेपालका राजनीतिक आन्दोलन भिन्न–भिन्न उद्देश्यका लागि भएका थिए । आन्दोलनकै जगमा ठूला–ठूला परिवर्तन कम मानवीय एवं भौतिक क्षतिमा छोटो समयमै उपलब्ध भए । ती आन्दोलन सफलताको पछाडि हिजोका युवाको त्याग र बलिदान जोडिएको छ । आजका युवा पनि परिआएको समय यस्ता चुनौतीको सामना गर्न सक्षम नै छन् । तर, मुख्य कुरा भनेको उनीहरूको शक्तिलाई सही समय, सही ठाउँमा कसरी प्रयोग गर्ने हो र अवसर दिने हो भन्ने नै हो । अवसर र स्थान नपाए यो शक्ति शक्तिविहीन अवस्थामा सुसुप्त नै रहन्छ । भएको पनि त्यस्तै छ । राजनीतिक क्षेत्रमा स्थान पाएका छैनन् । पाउनुपर्ने अवसरबाट बञ्चित छन् । जसका कारण राजनीतिप्रति उनीहरूमा चाख घट्दो छ ।

लामो समय देखि अवसर नपाउँदा युवाले राजनीति गर्ने होइन कि क्या हो जस्तो भान उनीहरूमा हुन सक्छ । त्यसैले हो आजका नयाँ पुस्ताका युवा र शिक्षित राजनीतिमा आउने चाहना नै गर्दैनन् । हिजोदेखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता नै युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनुको मुख्य कारण हो । राजनीतिप्रति नेपाली समाजको बुझाइ पनि त्यति सकारात्मक छैन । यसको मुख्य जड भनेकै समयमा राजनीतिको परिभाषा बुझाउन नसक्नु पनि हो । अबको चुनौती हो । राजनीति भनेको राज्य सञ्चालनको नीति बनाउने महत्वपूर्ण स्थान हो । राजनीतिकै कारण देश विकासको गति बढ्ने, घट्ने र जनताको अधिकारको संरक्षण हुने भएकाले जनता र नेता समयमै सचेत हुनुपर्छ । समय बलवान् हुन्छ । समयअनुसार हामी सबै चल्न सक्नुपर्छ ।

प्रतिक्रिया