संकटाले खुमलटारलाई हरायो
नेपालखोज
२०८० जेठ २१ गते १८:१९

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार एफसी खुमलटारलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले ३-० ले खुमलटारलाई हराएको हो ।
संकटालाई जित दिलाउन निशान खड्काले १६औं, आयुष घलानले ३८औं र चन्दन दासले ७८औं मिनेटमा गोल गरेका हुन् ।
२४ खेलबाट संकटा ३० अंक जोड्दै एक स्थान सुधार गरेर ११औं स्थानमा उक्लेको छ ।
सम्बन्धित
प्रतिक्रिया