बिहीबार, वैशाख १३, २०८१

सम्पन्न चीनमा पत्याउनै नसकिने धनी र गरिब !

नेपालखोज २०७८ असोज १२ गते १४:१६

बेइजिङ । चीनमा सम्पत्तिमाथि असमानताको विषय विवादास्पद हुँदै गएको छ । सन् १९७० को दशकमा आर्थिक रूपमा कमजोर चीन आजभोलि सम्पन्न मुलुकका रूपमा उदाए पनि नागरिकको सम्पत्तिमाथि असमानताका खाडलहरू बढ्दै गएका छन् ।

विश्वमा आर्थिक रूपमा वर्चस्व कायम गर्न सफल हुँदै गएको चीनले आर्थिक क्षेत्रको विकासमा अमेरिकालाई चुनौती दिँदै छ । तर यही देशभित्रै सम्पत्तिमाथि ठूलो असमानता छ । उपयुक्त समयमा पदमा पुगेका व्यक्तिका सन्तान सम्पन्न छन् भने केही नागरिक भने हातमुख जोड्न संघर्ष गरिरहेका छन् ।

चीनको आर्थिक विकाससँगै सन् १९८० को दशकमा उद्योगहरूमा स्वामित्व कायम गर्न सफल केही व्यक्तिहरूले मनग्ये नाफा कमाएका छन् । त्यो नाफा उनीहरूका सातौं पुस्तासम्मलाई पुग्ने भएको छ । तर यही देशमा एउटा यस्तो वर्ग छ, जसलाई खान–लगाउन नै ठीक्क छ । युवा बेरोजगारको अवस्था उस्तै छ । १९८० को दशकदेखि कमाएका व्यक्तिका सन्तानहरूलाई चमकधमक भएका सहरमा महँगा स्पोर्ट्स कार चलाउन र आरामदायी जीवन बिताउन पुगेकै छ । यता भविष्यमा घर बनाउन सक्छौँ कि सक्दैनौँ भनेर अन्योलपूर्ण जीवन बिताइरहेका निर्माण क्षेत्रका मजदुरहरू पनि छन् ।

‘चिनियाँ विशेषता सहितको’ समाजवादको अवधारणाले जसरी पनि समाजवादी नदेखिने व्यवस्थातर्फ समाजलाई डोर्‍याउन सरकारलाई सैद्धान्तिक छुट दिएको छ । समाजवादी अवधारणाअनुसार बढी कमाउँदा दण्ड–सजाय भोग्न नदिन ‘चिनियाँ विशेषता सहितको’ भन्ने वाक्यांश प्रयोग गर्ने गरिएको छ ।

उद्योगधन्दाको विकाससँगै यस मुलुकमा एउटा ठूलो मध्यम वर्ग जन्मियो । लगभग समाजका हरेक वर्गको जीवनस्तर अहिले माथि उठेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले ‘चिनियाँ विशेषता सहितको’ अवधारणा आगामी दिनदेखि मान्य नहुने संकेत गरेका छन् । सी जिनपिङ नेतृत्वको चिनियाँ सरकारले कम्युनिस्ट पार्टीभित्र केही हदसम्म कम्युनिस्टको सिद्धान्तलाई लागु गर्न खोजेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वर्षौंसम्म कट्टर समाजवादी नभएको चीनले आगामी दिनदेखि समाजवाद सिद्धान्तमा केही कट्टर हुने संकेत देखाएको जनाइएको छ । दशकौँसम्म चीनमा विकास गरिएको पुँजीवादविरोधी व्यवस्थाको वरपर घुमिरहेको थियो ।

नाममा ‘कम्युनिस्ट’ देश भए पनि केही व्यक्तिलाई एकदमै धनी बन्न दिने प्रणालीले पूरै समाज लाभान्वित नहुने भएको छ । उद्योगधन्दाको विकाससँगै यस मुलुकमा एउटा ठूलो मध्यम वर्ग जन्मियो । लगभग समाजका हरेक वर्गको जीवनस्तर अहिले माथि उठेको छ । चीनमा साम्यवादी प्रणाली नाम मात्रै जस्तो देखिएको छ । धनी र गरिब मानिसबीच आजभोलि गहिरो खाडल छ ।

चीन सरकारले देशको आर्थिक विकासलाई अझ मजबुत बनाउन नयाँ नारा ‘साझा समृद्धि’ तय गरेको छ । यसलाई चिनियाँ नेताको कामको आधार स्तम्भ पनि मानिएको छ । ‘साझा समृद्धि’को अवधारणा कार्यान्वयन भए कर छली गर्दै आएका सम्पन्न व्यक्तिहरूलाई दण्ड–सजाय गर्न सजिलो हुनेछ । त्यसैगरी निजी ट्युसन कम्पनीहरूलाई बन्द गराएर शिक्षामा सबैको समान पहुँच कायम गर्ने प्रयास अघि बढाउन सहज हुनसक्ने बीबीसीले समाचारमा उल्लेख गरेको छ । चीन सरकारले देशका प्रतिष्ठित प्रविधि कम्पनीलाई गरेको कडाइ पनि यसकै अंशका रूपमा हेरिएको छ ।

वर्षौंसम्म कट्टर समाजवादीको सिद्धान्तलाई व्यवहारमा नउतारेको चीनको कम्युनिस्ट पार्टीले आगामी दिनमा भने यसमा परिवर्तन हुन खोजेको छ । पुँजीवादको विरोध गर्ने चीन सैद्धान्तिक रूपमा ’कम्युनिस्ट’ मुलुक भए पनि केही व्यक्तिलाई एकदमै धनी बन्न दिने अप्रत्यक्ष प्रणाली छ । विश्वमै सम्पन्न हुने गरी आर्थिक क्रान्ति छेड्ने र कम्युनिस्ट सिद्धान्तको कट्टर मानिने चीनका जनताबीच सम्पत्तिमा असमानता हुनु राम्रो पक्ष होइन ।
–बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा

प्रतिक्रिया