शनिबार, वैशाख १५, २०८१

टर्कीमा भूकम्पमा परी चर्चित फुटबल खेलाडीको मृत्यु

नेपालखोज २०७९ माघ २५ गते ९:०८

काठमाडौं । टर्कीमा गएको भूकम्पमा परी चर्चित गोलकिपर अहमद अयाप तुर्कस्लानको मृत्यु भएको छ । उनको फुटबल क्लब येनी मालत्यास्पोरले यसको पुष्टि गरेको छ ।

क्लबले ट्वीटरमा भन्यो, ‘हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो । हामी उहाँलाई बिर्सने छैनौं। उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो ।’

२८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए । उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए ।

टर्की र सिरियामा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्, जसका लागि राहत कार्य जारी छ ।

प्रतिक्रिया